काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।
आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलकी नेता रञ्जिता चौधरीले सांसदलाई ह्विप जारी गरेको जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिदैँछन् ।

