प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच शुक्रबार सिंहदरबारमा भेट भएको हो ।

भेटवार्तामा प्रदेशको भागबन्डा, शान्ति प्रक्रियाका बाँकी कामलगायत विषयमा छलफल भएको छ । आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले मोर्चामा एमालेलाई ल्याउनेबारे छलफल गरेको थियो ।

भेटमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सो विषयमा पनि जानकारी गराएको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर