बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा अब सरकारको

काठमाडौँ । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरिएको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले आज यस्तो निर्णय गरेको हो ।

‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविलाल नेपालीले भूमि व्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनले मालपोत ऐन २०३४ को दफा २४ अनुसार जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर