कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बालिका सेन्जल शाहीको मृत्यु

काठमाडौं । काठमाडौंस्थित कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बालिकाको मृत्यु भएको छ ।

बागलुङ निसीखोलाकी सात वर्षीया सेन्जल शाहीको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको लक्ष्मण दत्त सुवेदीले बताएका छन्।

गत मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो। सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ।

गम्भीर अवस्थाकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै कान्तिका चिकित्सकले फिर्ता पठाएका थिए। त्यतिबेला अस्पतालमा पिआइसियू बेड खाली नभएको उनीहरुको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर