निशान भट्टराईले गरे श्रीमती ऋचासँग डिभोर्स

काठमाडौं । गायक निशान भट्टराई र उनकी श्रीमती ऋचा न्यौपानेको डिभोर्स भएको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दिएको निवेदन अनुसार चैत ७ गते उनीहरूको सम्बन्ध विच्छेद भएको हो।

अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनीहरूबीच सम्बन्ध विच्छेदको फैसला गरेको हो।

दुबै जनाको आपसी सहमतिमा सम्बन्ध विच्छेदको फैसला भएको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन् । ऋचाले सम्बन्ध विच्छेदका लागि अंश दाबी गरेकी थिइनन्।

दुई वर्षको प्रेम सम्बन्धपछि निशान र ऋचाले तीन वर्षअघि बिहे गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय