इलाम २ र बझाङ १ का विद्यालयहरू वैशाख १३ र १४ गते बन्द हुने

काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ र बझाङ प्रदेशसभा १ का विद्यालयहरू वैशाख १३ र १४ गते बन्द हुने भएका छन् ।

निर्वाचन आयोगले इलाम २ र बझाङ प्रदेशसभा १ का विद्यालयहरू बन्द गर्न लेखिपठाउने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले २ दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको हो ।

वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर