राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) सांसद विमला घिमिरे निर्वाचित भएकी छन्। बुधबार राष्ट्रिय सभा उपाध्यक्षका लागि भएको निर्वाचनमा घिमिरेले ३९ मत पाइन्। उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का सांसदले मत दिएका हुन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उनलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरे। राष्ट्रिय सभा उपाध्यक्ष पदमा कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको थियो।उम्मेदवार पुडासैनीले १६ मत पाइन्।

यसअघि माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन्। रिक्त उपाध्यक्ष पदका लागि आज निर्वाचन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर