काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद् अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ ।
आज आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको बहालवाला मन्त्री नै सहकारीको रकम ठगीमा संलग्न रहेको भन्दै छानबिन गर्न प्रतिपक्षले उठाएको माग सम्बोधन गर्नुको साटो बेवास्था गरी सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

