प्रहरीको अश्रुग्याँसबाट घाइते राप्रपा नेता डाँगीको निधन

काठमाडौं । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको निधन भएको छ।

गत चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी हुँदा प्रहरीको अश्रुग्याँसबाट उनको स्वास्वप्रश्वासमा समस्या देखिएको थियो। ​

​अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा आज बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर