एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएको छ ।
गए राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २० ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रन बनाएको हो । बेङ्गलुरुका दिनेश कार्तिकले ८३, कप्तान फाफ डु प्लेसिसले ६२, विराट कोहलीले ४२ रन बनाए । हैदराबादका कप्तान प्याट कमिन्सले ३, मयंक मार्कंडेयले २ विकेट लिए ।
जितसँगै चौथो स्थानमा रहेको हैदराबादको ६ खेलबाट ८ अङ्क रहेको छ । एक खेल बढी खेलेको बेङ्गलुरु २ अङ्कका साथ पुछारमा छ । आईपीएल इतिहासको सबैभन्दा धेरै योगफल बनाएर सनराइजर्स हैदराबादले आफ्नै कीर्तिमान तोडेको छ । यसअघि मुम्बई इन्डियन्ससँगको खेलमा २ सय ७७ रन बनाएको हैदराबादले हिजो बेङ्गलुरुसँगको खेलमा २ सय ८७ रन बनायो ।
आईपीएल क्रिकेटमा आज राति पौने ८ बजे कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दैछन् ।

