काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षक पदका लागि तोयम रायाको नाम अनुमोदन गरेको छ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनीमाथि परेको उजुरीमाथि छानबिन गरी रायालाई उक्त पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो।
संवैधानिक परिषद्बाट प्रस्तावित रायालाई योग्यता, क्षमता र अनुभव समेतको आधारमा महालेखापरीक्षक पदमा लागि उपयुक्त देखिएकाले उनको नाम समितिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य ९सभापति० पशुपति समशेर जबराले जानकारी दिए।

