काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।
ओमानको अल अमिरातमा खेल बिहान पौने १२ बजे शुरु हुनेछ । आजको खेल जितेमा समूह चरणमा अपराजित बन्दै नेपालले सेमिफाइनल खेल्नेछ । नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
हिजो भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलेको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसिया र हङकङको समान २–२ अङ्क छ ।
आजको खेलमा नेपाललाई हराउन सके साउदी अरेबिया ४ अङ्कका साथ सेमिफाइनल खेल्ने सम्भावना छ ।

