आईपीएलमा लखनउले चेन्नईलाई हरायो, आज एक खेल हुने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किङग्सलाई ८ विकेटले हराएको छ ।

गएराति लखनउमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन बनायो । उसका रविन्द्र जडेजाले अविजित ५७ रन बनाए ।

लखनउ तालिकाको पाचौँ स्थानमा छ । समान ७ खेलमा ८ अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दिल्लीमा शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर