काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल नहुने बताएका छन्।
आजदेखि ललितपुरमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिनिधि परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनःस्थापना नहुनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरे।

