काठमाडौं । मौसमविद्का अनुसार आगामी ५ दिनसम्म देशका धेरै स्थानमा तातो हावा चल्ने सम्भावना रहेको छ । त्यसको असरबाट बच्न स्थानीयलाई सतर्क र आफ्नो ख्याल राख्न आग्रह पनि गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सोमबार दिउँसो ‘विशेष बुलेटिन’ जारी गरी विशेषगरी तराई क्षेत्रका नागरिकलाई वैशाख १४ गतेसम्म सजगता अपनाउन अनुरोध गरेको हो।
काठमाडौँजस्ता उपत्यका तथा खोँच भएका स्थानमा पनि तापक्रम बढ्ने सम्भावना देखिएकाले सतर्कता अपनाउन भनिएको छ।


