भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रकमा आगलागी

काठमाडौं । भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रकमा आगलागी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारमा मंगलबार ट्रकमा आगलागी भएको हो।

भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आगो लागेको हो।

केमिकलहरु आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर