यस्ता छन् आजका मन्त्रिपरिषद बैठकले गरेका निर्णय

काठमाडौं। मन्त्रिपरिषद बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ।

आज बसेको बैठकले गरेका निर्णयहरुमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौं उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकिएको छ ।

यस्तै बैठकले मुलुकभरिका सहकारीका समस्याका समाधानका विषयमा प्रक्रिया तत्काल सुरू गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए।

यसैगरी, तराईदेखि पहाडसम्म भइरहेको आगलागीको सम्बन्धमा छलफल गरी आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर