कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ मत परेको हो। कुल ४० सदस्यीय प्रदेशसभा सदस्यमध्ये ३५ जनाले मतदानमा भाग लिएका थिए।

सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेलको बहुमतले पारित भएको घोषणा गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर