काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा.कमलराज गैरे बर्खास्त भएका छन्।
मन्त्रालयले आज एक सूचना प्रकाशन गरी गैरेलाई जागिरबाटै बर्खास्त गरेको जनाएको छ। गैरे ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको हो।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ ९१० को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ।

