गुल्मी । गुल्मीको मदाने गाउँपालिका ७, भनभनेमा आगलागीबाट ३ वटा घरगोठ जलेका छन् ।
स्थानीयको खरबारीमा लागेको आगो बस्तीमा सल्किएर लागेको आगोबाट ३ वटा घर–गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भनभनेको दीपक माध्यमिक विद्यालय नजिकैको वनबाट फैलिएको आगो बस्तीमा फैलिएपछि स्थानीय यमबहादुर घर्तीको ढुंगाले छाएको २ तले घर जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
त्यस्तै आगलागीबाट सोही वडाका सोमबहादुर घर्तीको ढुंगाले छाएको २ तले कच्ची घर, बंगालो र एउटा मिलसमेत जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण घरबारविहीन भएका नागरिकलाई गाउँमै सुरक्षित स्थानमा राखिएको छ।

