काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिह्न प्रदान गरेका थिए । सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधानरऐनरनियमका सामग्री प्रदान गरेका थिए ।
नेम्वाङ गएको वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए ।

