काठमाडौँ । नेपाली चलचित्र ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
काठमाडौंको वन सिनेमामा एक समारोहको आयोजना गर्दै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । उक्त चलचित्र आगामी जेठ १० गते रिलिज हुने तय भएको छ ।
चलचित्रमा कलाकारहरू प्रदीप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्यलगायत छन् । यस्तै निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसालको छ ।
ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ ।