काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ ।
आज बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे सङ्घीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

