काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाएका छन् ।
आज पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले डेढ वर्ष प्रधानमन्त्रीको प्रश्ताव गरेको कांग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण ढंगले राजनीतिक गरिरहेको लगाए ।
यस्तै ओलीले कसैले उजुरी हालेको भरमा छानविन समिति बनाउने कुरा उचित नभएको र त्यसलाई मान्य पक्षमा आफूहरु नरहेको अडान पनि राखे ।

