काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले गरेको अडान कुनै पनि हालतमा पुरा नहुने बताएका छन् ।
आज सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले कांग्रेसले आत्महत्या नै गर्छु भने पनि व्यक्तिका नाममा छानबिन समिति नबन्ने बताएका हुन् ।
संसद्को अवरोध खुलाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष अडानबाट टसमस नभएपछि विना निष्कर्ष सकिएको छ ।

