पाँच लाग धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । गायक रवि ओड पाँच लाग धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा प्रहरीमा आत्मसमर्पण गरेका नेपाल आइडल विजेता ओल हिजो साँझ रिहा भएका हुन् ।

जिल्ला अदालतमा भएको थुनछेक बहसपछि ओडलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो । सोहीअनुसार ओड धरौटी बुझाएर थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय