काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विरोध जनाएको छ। सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो।
बैठकमा काँग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरु अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे।
यद्यपि, कांग्रेसका सांसदहरू उठेर विरोध जनाइरहेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो। राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल जेठ ६ गते आइतवार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ।

