काठमाडौं। नेपाली काँग्रेसले विपक्षी दलहरूसँग छलफल गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूले नयाँ बानेश्वरमा शुक्रबार सदनमा रहेका विपक्षी दलका नेताहरूसँग छलफल गरेका हुन्।
छलफलमा सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत देखिएका छन्। काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार छानबिन समिति बनाउन सबै विपक्षी दलहरू सहमत भएको छन्। उनले विपक्षी दलबीच बनेको समझदारी सभामुखलाई जानकारी गराएको पनि बताए।
बैठकमा काँग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा सहभागी थिए। बिहीबार प्रतिनिधिसभामा विरोधकै बीच सभामुख देवराज घिमिरेले पेलेर सदन अगाडि बढाएपछि काँग्रेस झनै आक्रामक बनेको छ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गर्दै आएको छ। समिति नबनेसम्म आफू पछि नहट्ने उसले अडान लिएको छ।

