काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सदनको अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबिच निरन्तर छलफल र संवाद भइरहेकोले भोलिसम्म सदनको अवरोध हट्ने बताउनुभयो ।
यस्तै उहाँले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।
यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

