काठमाडौं । नागरिकता विवादमा परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयलाई अनुमति दिएको छ।
जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार ९आज० सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमै अर्का व्यक्तिको पनि नागरिकता पाइएको भनी गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो।
सोही प्रकरणमा धनुषा प्रहरीलाई सिरोहिया पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको अदालत स्रोतले नेपालखबरलाई जानकारी दिएको छ ।

