सन्दीप लामिछाने भन्छन्, मेरो सपना पूरा नभए पनि खुसी छु

काठमाडौं। सन्दीप लामिछानेले टी-२० विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् क्रिकेटर लामिछानेले एक स्टाट्स लेख्दै यस्तो बताएका हुन्।

सन्दिपले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ।’ लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा समावेश गराउने तयारी गरेको थियो। तर, अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो। उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर