कैलाश सिरोहियालाई काठमाडौं ल्याइँदै

काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइँदै छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई ‘एयर लिफ्ट’ गरेर काठमाडौं ल्याउन लागिएको हो ।

कान्तिपुर मिडियाका कानुन विज्ञ किशोर पौडेलका अनुसार सिरोहियाको छाती अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई आजै केहीबेरपछि काठमाडौं ल्याइँदैछ । नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर