भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड

काठमाडौं । सरकारले भूकम्प पछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आज मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् ।

जाजरकोट र रूकुम पश्चिमका घरहरूको सर्वेक्षण गरिने पनि उनले बताए । सरकारी विद्यालयको पुनर्निर्माणमा सरकारले विशेष ध्यान दिने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर