काठमाडौं । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्। ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएका छन्।
बुधबार बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन चुनिए।
अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय संगठन, सम्पर्क मञ्चलगायतबाट गरी ७३२ र मनोनित २९ गरी जम्मा ७६१ प्रतिनिधि सहभागी थिए।

