काठमाडौं । दीपक र दीपाको चलचित्र ‘छक्का पञ्जा–५’को पोस्टर सार्वजनिक भएको छ ।
चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौलालगायतले सामाजिक सञ्जाल फेसबुकमा पोस्टर सार्वजनिक गरेका हुन् ।
पोस्टरमा दीप, केदार घिमिरे (माग्ने बुढा) र वर्षा शिवाकोटी देखिएका छन् । दीपाले निर्देशन गर्ने चलचित्र आगामी असोज २४ गते रिलिज हुनेछ ।