बजेट निर्माण प्रक्रियामा सरकारले कमीकमजोरी गरेको ओलीको दाबी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएका टिप्पणी गरेका छन्। शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उनले उल्लेख गरे। ओलीले सांसदहरुलाई बजेटमा रहेका कमजोरी औँल्याउन निर्देशन दिए।

अध्यक्ष ओलीले बजेट निर्माण प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दावी गरे। बजेटमा कमजोरी भएपनि पारित गर्नुपर्ने अवस्था रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर