प्रधानमन्त्री प्रचण्डलाई पोखरामा कालो झण्डा देखाइयो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पोखरामा कालो झण्डा देखाइएको छ ।

माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सूर्यदर्शन सहकारीपीडितले कालो झण्डा देखाएका हुन् ।

सभागृहअगाडि प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएपछि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर