गुल्मीको छल्दीमा अलकत्रा पकाउने मेसिनबाट निस्केको धुवाँले स्थानीयलाई असर, मेसिन बन्द

काठमाडौं । गुल्मी जिल्लाको इस्मा गाउँपालिक–२ छल्दीमा अलकत्रा पकाउने मेसिनबाट निस्केको धुवाँले स्थानीयलाई असर गरेको छ । स्थानीयलाई असर गरेको भन्दै उक्त मेसिन बन्द गरिएको छ ।

उक्त प्लान्टबाट निस्केको धुँवाले प्रदुषण बढेको र स्थानीयलाई पनि असर गरेको मौखिक उजुरी परेपछि प्लान्ट बन्द गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

प्लान्ट दर्ता, नवीकरण भए÷नभएको लगायत कानुनी प्रक्रियाबारे अनुसन्धान गरिने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर