एसईईमा सबैभन्दा कम विद्यार्थी लुम्बिनीका पास भए, अन्य प्रदेशमा कति ?

काठमाडौं । एसईईको नतिजा आज सार्वजनिक भएको छ । परिक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

मधेश प्रदेशमा ४२ हजार २८६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । भने कोशी प्रदेशका ७५ हजार ९८८ विद्यार्थीमध्ये ३९ हजार ८९५ विद्यार्थी अनुत्तीर्ण भएका छन् । उता, सुदूरपश्चिम प्रदेशका ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

बागमती प्रदेशका कुल ९९ हजार ८७२ विद्यार्थीमध्ये ३३ हजार ८४३ विद्यार्थी अनुत्तीर्ण भएका छन् । कर्णाली प्रदेशमा २० हजार ३८० विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ ।

गत चैतमा भएको परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर