काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वास गर्न थालेपछि आफूहरुले कांग्रेसँग सहकार्य गरेको बताएका छन् ।
आज आइतबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले कहिले एमाले, कहिले कांग्रेससँग मिलेर सरकारको अवधि लम्ब्याउन थालेपछि मुलुकको समस्या समाधान गर्न दुई पार्टीबीच सहकार्य भएको बताए । भट्टराईले कांग्रेस एमालेबीचको सहमतिलाई ऐतिहासिक भनेका छन् ।
राष्ट्रिय सरकार बनाउने कुरा जायज भए पनि अहिलेको परिस्थितिमा प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन उचित नहुने भट्टराईले बताए ।

