काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको हो ।
उक्त मतपत्रमा पहिलोमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ रहेको छ । त्यस्तै दोस्रोमा नेपाली कांग्रेसको चिह्न ‘रुख’, तेस्रोमा नेकपा माओवादी केन्द्रको चिह्न ‘गोलाकारभित्रको हँसिया हथौडा’ रहेको छ । अन्तिममा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ रहेको छ ।
निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ । केही जिल्लामा मतपत्र ढुवानीको काम पनि सकिएको आयोगले जानकारी दिएको छ ।