नेपालमा सोमबार थप ४६ जनामा कोरोना पुष्टि

काठमाण्डौ । नेपालमा आज सोमबार थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १७ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ११ जना पुगेको छ ।

यस्तै थप २३ हजार नौ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय