काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष बहसका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।
आज मङ्गलवार फेसबुकमा लेख्दै एमाले अध्यक्ष ओलीले एजेन्डामा आधारित रहेर आफू बहस गर्न तयार रहेको जानकारी दिनुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले लाइभ डिबेटमा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डामा आधारित बहसका लागि सुझाव दिनुभएको छ। चुनावको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?
<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FUMLprezKPSharmaOli%2Fposts%2Fpfbid031zhFEryAyFspmGcpXUSusmeL5kQiDLux7dBrR25QaKyzaLMmnMriGoGVWnub3GcJl&show_text=true&width=500″ width=”500″ height=”511″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>