नेपालमा कोरोनाका ५३ जना संक्रमित थपिए, ५१ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५१ जना संक्रमणमुक्त पनि भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या ७ सय २७ पुगेको छ ।

पछिल्लो सोही अवधिमा १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय