एमाले सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पुग्ने ओलीको भनाइ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्‍याउने आश्वासन दिनुभएको छ ।

झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्‍याउने आश्वासन दिनुभएको हो ।

‘हामीले एक सयबाट सुरु गरेको वृद्धभत्ता चार हजार पुगेको छ । चुनावपछि एमाले सरकार बन्छ र त्यसले पाँच हजार पुर्‍याउँछ,’ उहाँले भन्नुभयो, ‘हामीले सबै क्षेत्रमा असाधारण काम गरेका छौँ, कर्मचारीको तलब २५ प्रतिशत बढेको इतिहास सायद थिएन, तर हामीले बढायौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय