विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते गोल्डेन बल

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए ।

अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४—२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय