रवि लामिछानेले प्रतिनिधिसभा सदस्यको शपथ लिन पाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यको शपथ लिन पाउनुहुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएपछि लामिछानेलाई शपथ लिन पाउने बाटो खुलेको हो ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरेको जिकिर गर्दै सर्वोच्चमा रिट परेको थियो ।

रिट निवेदक युवराज सफलले दमयर गरेको रिटमा लामिछानेको विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग थियो । तरपनि संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पछि लामिछानेको बाटो खुलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय