नयाँ सरकार गठन र भागबण्डाबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । नयाँ सरकार गठन र भागबण्डाबारे छलफल गर्न गठबन्धनमा रहेका दलहरुको बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बैठक बस्ने भनिएपनि समय भने तय भएको छैन । गठबन्धनलाई सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सीमा पर्सि आइतवार सकिँदै छ । यस कारण पनि सहमति जुटाउन गठबन्धनभित्र दबाब बढेको छ ।

प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतवार एक ७ दिनको समय दिनुभएको थियो ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । तर अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय