काठमाडौं । हिजो बिहिबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका दुई जना सांसदले शपथ लिएका छन् ।
संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणा (जवरा)बाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र माओवादी केन्द्रका सांसद रामकुमार राईले सपथ लिनुभएको हो। यादव माओवादीको चिन्ह हँसिय हथौडाबाट चुनाव लड्नुभएको थियो ।
सचिवालयमा रहेको मानव अधिकार समितिको हलमा शपथ गराइएको हो । यादवको नागरिकतामा रहेको उमेरसम्बन्धी समस्याका कारण बिहिबार उहाँले सपथ लिनुभएको थिएन भने माओवादीका सांसद राई प्लेन उडानमा ढिलाई भएका कारण सपथका लागि छुट्नुभएको थियो ।
यस्तै एकीकृत समाजवादीका नेता प्रेम आले र कांग्रेस सांसद माया राई पारिवारिक कारणबाट शपथ लिन छुट्नुभएको थियो ।
हिजो बिहिबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका दुई जना सांसदले शपथ लिएका छन् ।