काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखको मनोनयनका क्रममा सत्ता गठबन्धनका तर्फबाट गौतमकोको मात्रै उम्मेदवारी परेको थियो।
प्रतिपक्षी दल पाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले उम्मेदवार नउठाएपछि गौतम निर्विरोध निर्वाचित हुनुभएको हो ।सभामुख चयन गर्न आज प्रदेशसभा बैठक बसेको थियो ।
आज बसेको बैठकबाट प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवारीका आधारमा गौतम सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो।
उक्त घोषणासँगै उहाँ प्रदेशसभाको दोस्रो कार्यकालका लागि सभामुख निर्वाचित हुनुभएको छ । गौतम ओखलढुंगाको ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

